National life

महानगरपालिकाको आँखामा पर्यो खानेपानीको कुच्चिएको जार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० जेठ २०८१, बिहिबार
482Shares
महानगरपालिकाको आँखामा पर्यो खानेपानीको कुच्चिएको जार
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने गुनासो बढ्न थालेको बताएको छ । त्यसरी जनगुनासो बढेको बेलामा महानगरले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

आज एक सूचना मार्फत गर्दै महानगरले आम नागरिक उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको कडाईका साथ उल्लेख गरेको छ ।

प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुबानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरले अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मापदण्डले तोके बमोजिम भए नभएको निरीक्षणलाई पनि महानगरपालिकाले तीव्रता दिनेमा जोड दिएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?