National life
cg eloctronics

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ माघ २०८२, सोमबार
1.2kShares
यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
ncell

काठमाडौं : सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त निर्णयबारे जानकारी दिए। उनले बीमा क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुभवयुक्त प्रशासकलाई अस्थायी रूपमा जिम्मेवारी दिइएको बताए। बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नियमन, नीति निर्माण तथा बीमा क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी मन्त्रिपरिषद् बैठकले ऊर्जा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। सरकारले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाँचौं जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेतिखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रभित्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

सरकारका प्रवक्ता अर्यालका अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको हो।

यी आयोजनाहरू सम्पन्न भएमा विद्युत उत्पादन वृद्धि हुनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्न र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।सरकारले पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्दै नीतिगत तथा प्रशासनिक निर्णयहरू गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?