काठमाडौँ । बुधवारका दिन वैदेशिक रोजगार कार्यालय ताहाचलमा समूह समूहमा मान्छेहरूको हुल देखियो सबैको एउटा हातमा फोन थियो अर्को हातमा पासपोर्ट अनि आँखामा अधैर्य र निराशा ।
सामान्यतया अहिले श्रम बनाउनकै निमित्त वैदेशिक रोजगार कार्यालय धाइरहनु पर्दैन सरकारले सेवामा सुबिस्ताका निमित्त अनलाइन सिस्टमको सुरुवाट गरेको छ तर आम जनताको दुखेसो उस्तै छ ।
घडीले ४ बज्नै लाग्दा समेत १२-१४ नम्बर लेखिएका झ्यालमा सेवाग्राहीको लाइन उस्तै छ , उनीहरू पटक पटक आफ्नो नामको प्रतीक्षामा कान ठाडा बनाएर बसेका छन् । आफ्नो नाम आउँछ कि भन्ने आशामा बिहानको खाना समेत नखाएर लाइन कुर्नेको सङ्ख्या उल्लेखनीय मात्रामा छ ।
करिब १५-२० मिनेटको अन्तरमा झ्याल भित्रबाट नाम बोलाइन्छ हुल हुल बनाएर नामको पर्खाइमा बसेका सबैको कान ठाडो हुन्छ सबैले झ्यालतिर आँखा र कानसँगै पुर्याउछन तर नाम पर्दैन । यो एक दिनको समस्या हैन दैनिक जसो दोहोरिने समस्या हो ।
शनिवार समेत केही विकल्प लाग्छ कि भनेर काठमाडौँ उपत्यका बाहिरबाट वैदेशिक रोजगार कार्यालयमा आउनेहरू छन्। यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअतर्गत वैदेशिक रोजगार विभागको प्रणाली बलियो नहुँदा अनलाइनबाट प्रदान भइरहेका सेवामा निरन्तर समस्या समस्या आइरहेको सेवाग्राहीको दुखेसो छ ।
लाइनमा बसिरहेकै मध्यका एक हुन सुजीत कुमार महता । उनले आजभन्दा १० दिन अगाडि चितवन जिल्लाबाट श्रमका लागि आवश्यक कागजात पेश गरेर अनलाइन गरे तर उनको बिदा सकिएर विदेश फर्किने समय आयो र पनी श्रम हुन सकेन , महतोको भोली अर्थात् ११ गते बिहानको फलाई छ तर आज कार्यालय बन्द हुने समयसम्म उनको हातमा श्रम परेको छैन ।
उनीजस्तै समस्या बोकेर देशका विभिन्न ठाउँबाट आउनेको कमी छैन । सरकारले सबै स्थानीय तहबाटै श्रम गर्ने व्यवस्था मिलाएको भए पनि विभिन्न उल्झनका कारण श्रम हुन सकिरहेको छैन कोही व्यक्तिलाई जिम्मा लगायो अन्तमा वैदेशिक रोजगार विभाग नै जानुस् भनेर पठाई दिन्छन् एक सेवाग्राहीले दुखेसो पोखे ।
सेवाग्राहीलाई घडीको सुई चाँडो नघुमिइदिए जस्तै लागिरहेको छ , उनीहरू सेकेन्डको महत्त्व बुझिरहेका छन् तर कर्मचारी भने कार्यालय सकिने समय कुरेर बसिरहेका छन् । सेवाग्राहीको समस्या सुनेपछि हाम्रो टिम निर्देशक श्री शारदा भण्डारीको कार्यकक्षमा पुग्यौ विडम्बना त्यहाँ जाँदा भित्र लेखिएको भएपनी उनी भने बाहिर बसेर मस्त तातो घाम तापिरहेका थिए ।
हाम्रो टिमले कार्यालय सहयोगीलाई समेत खोजी गर्यो तर उनी समेत भेटिएनन् उनीसँगै अन्य दुई निर्देशकको कार्यकक्ष समेत खुला छ तर कर्मचारी भित्र भेटिएनन् । आवश्यक डकुमेन्ट राख्दा समेत एकपछि अर्को रिजेक्ट हुने , समयमा काम नहुने अनलाइन मार्फत भनिए पनि कार्यालय धाउनुपर्ने जस्ता समस्याले सेवाग्राही वाक्क रहेको बताएका छन् ।


































