काठमाडौँ । राजस्व अनुसन्धान विभागले काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी नरेश अग्रवाल र उनका सहयोगीहरुलाई पक्राउ गरिएको बताए । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।































