National life

शालिनदीमा मूल्यसूचीको भन्दा बढी रकम असुले उजुरी गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ माघ २०८०, शनिबार
482Shares
शालिनदीमा मूल्यसूचीको भन्दा बढी रकम असुले उजुरी गर्न आग्रह
ncell

काठमाडौँ । काठमाडौँको साँखुमा चलिरहेको एक महिने श्रीस्वस्थानी माधवनारायण व्रत तथा शालीनदी मेलामा तीर्थयात्रीको कुनै गुनासो भएमा उजुरी गर्न आग्रह गरेको छ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै भनेको छ–‘शालिनदी मेला स्थल वा आसपासका क्षेत्रमा मूल्यसूची भन्दा बढीमा सामान बिक्री गरेमा, बासी वा अखाद्य खानेकुरा बिक्री गरेमा वा अन्य कानुनले निषेध गरिएका क्रियाकलापहरू गरेको पाइएमा तत्काल सम्पर्क गरी आफ्नो गुनासो वा उजुरी टिपाउनु हुन अनुरोध छ ।’

शालीनदी मेलास्थलमा कुनै व्यापारी, व्यवसायीले मूल्यसूची भन्दा बढी रकम लिई खाद्यवस्तु वा अन्य सामग्री विक्री वितरण गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले बताएका छन्।

तीर्थयात्रीले कुनै समस्या भोगेमा उजुरीका लागि शंखरापुर नगरपालिकाका नगरप्रवक्ताको सम्पर्क नम्बर ९८५१३३२७८ नगर प्रहरीको नम्बर ९८५१३४८४०६, प्रहरी प्रभाग साँखुको नम्बर ९८५१२८८००५ र माधव नारायण श्रीस्वास्थनी व्रत तथा शालीनदी सुधार समितिको समर्पक नम्बर ९८४१७६४१८४ सार्वजनिक गरिएको छ ।

Royal Enfield
nic asia capital

साथै भक्तजनहरूलाई कुनै किसिमको स्वास्थ्य समस्या परेमा स्वयम सेवक, सहयोग कक्ष वा स्वास्थ्य शिविरमा तुरुन्त सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।

काठमाडौँको साँखुमा यो वर्ष यही माघ ११ गतेदेखि सुरु भएको स्वस्थानी व्रत तथा शालिनदी मेला फागुन १४ गतेसम्म सञ्चालन भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?