काठमाडौ । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । लामो सयमदेखि दैनिक रुपमा नयाँ रेकर्ड कायम गर्दै आएको शेयर बजारमा आजभने ब्रेक लागेको हो ।
बजारमा गिरावट आएपनि कारोबार भने बढेको छ । बिहीबार बजार ५.२९ अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ । आज कारोबारमा आएका ३२३ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड बढीको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको हो।
त्यस्तै कारोबार रकमको आधारमा शिभम् दोस्रो स्थानमा रहेको छ । सिमेन्टको ४३ करोड ८१ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै सिइडिबी हाइड्रोपावरको ४२ करोड ५६ लाख ९३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख २३ हजार रुपैयाँ र निफ्राको ४१ करोड ४२ लाख ३५ हजार रुपैयाँको कारोबार गरेका छन् ।





































