National life

शेयर बजारमा सामान्य अंकको वृद्धि : ११ उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.2kShares
शेयर बजारमा सामान्य अंकको वृद्धि : ११ उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौं । साताको तेस्रो कारोबारका दिन आज शेयर बजारमा सामान्य अंकको वृद्धि  भएको छ । उक्त दिन बजार १९.७० अंकले बढेर २८५१.०९ को विन्दुमा कायम भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त दिन विभिन्न ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ। सेयर बजारमा सुधार आउँदा ११ उपसूचक हरियाली भएको छ ।

उक्त दिन सेयर बजारमा बढोत्तरी आउँदा सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, भुजुङ् हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको सेयरमा सकरात्मक सर्किट लाएको छ। आज वाणिज्य बैंक समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको १ प्रतिशतले शेयर मूल्य बढेको छ।

उक्त दिन रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ४८ करोड ४८ लाख ४६ हजार रुपैया बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ४० करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन एनआएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ८७ लाख ३२ हजार रुपैंया, एसवाइ प्यानल नेपालको ३७ करोड ४६ लाख ३ हजार रुपैयाँ, कुमारी बैंकको ३५ करोड ९० लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?