National life

शेयर बजारमा सुधार : आठ उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.6kShares
शेयर बजारमा सुधार : आठ उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौं । साताको तेस्रो कारोबारका दिन आज शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । दैनिक रूपमा बजारमा देखिएको हरियालीले लगानीकर्तामा मनोबल बढ्न थालेको जानकारहरूको भनाई छ ।

आज शेयर बजार २३.८३ अंकले बढेर २९६०.४९ को विन्दुमा कायम भएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, आज विभिन्न ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ८३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ।

सेयर बजारमा बढोत्तरी आउँदा आठ उपसूचक हरियाली भएको छ । उक्त दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ५७ करोड ८७ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हिमाल दोलखा हाइड्रोपावरको ४५ करोड ७० लाख ७२ हजार रुपैंया, ङादी ग्रुप पावरको ४१ करोड ३१ लाख १५ हजार रुपैयाँ, शिभम् सिमेन्टको ३९ करोड १० लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार कारोबार भएका १३६ वटा कम्पनीहरूको शेयर मूल्य वृद्धि भएको छ । जसमा ६ वटा कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फोरेस्ट इन लगायतका कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक लागेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?