National life

शेयरको मूल्य कसरी तय हुन्छ ? अंकित मूल्यको भूमिका बुझौं

लगानीकर्ताले किन बुझ्नुपर्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
6.6kShares
शेयरको मूल्य कसरी तय हुन्छ ? अंकित मूल्यको भूमिका बुझौं
ncell

काठमाडौं । केन्द्रीय बैंकले जारी गर्ने नोटमा जस्तै शेयरको पनि निश्चित मूल्य तोकिएको हुन्छ, जसलाई अंकित मूल्य (फेस भ्यालु) भनिन्छ। यो मूलतः कागजी वा नाममात्रको मूल्य हो, किनभने बजारमा शेयर किनबेच हुँदा यसको मूल्य माग र आपूर्तिअनुसार फरक–फरक हुन सक्छ।

नेपालमा प्रायः शेयरको अंकित मूल्य १०, ५० वा १०० रुपैयाँ कायम गरिएको पाइन्छ। पहिले कागजी शेयर प्रमाणपत्रमा नै उक्त मूल्य उल्लेख गरिन्थ्यो, जसले लगानीकर्ताले कति पूँजी लगानी गरेका छन् भन्ने देखाउँथ्यो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उदाहरणका रूपमा, सोल्टी होटल र म्युचुअल फन्डका एकाइहरूको अंकित मूल्य प्रति कित्ता १० रुपैयाँ छ भने हाथवे इन्भेष्टमेन्ट कम्पनीको ५० रुपैयाँ रहेको छ। नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरूको अंकित मूल्य भने १०० रुपैयाँ रहेको पाइन्छ।

अंकित मूल्य मुख्यतः कानुनी र लेखा प्रयोजनका लागि प्रयोग गरिन्छ। कम्पनी स्थापना हुँदा शेयरधनीहरूले कति पूँजी लगानी गरेका छन् भन्ने निर्धारण गर्न यही मूल्य आधार बन्छ। यसले कम्पनीमा कसको कति स्वामित्व छ भन्ने पनि स्पष्ट पार्छ।

त्यसैगरी, लाभांश वितरण गर्दा पनि अंकित मूल्य आधार मानिन्छ। उदाहरणका लागि, १०० रुपैयाँ अंकित मूल्य भएको शेयरमा ५ प्रतिशत नगद लाभांश घोषणा गरिएमा प्रति शेयर ५ रुपैयाँ प्राप्त हुन्छ।

शेयर जारी गर्दा प्रारम्भिक चरणमा कम्पनीहरूले प्रायः अंकित मूल्यमा नै सेयर बिक्री गर्छन्। तर, राम्रो नाफा कमाइरहेका स्थापित कम्पनीहरूले प्रिमियम थपेर उच्च मूल्यमा पनि शेयर जारी गर्न सक्छन्।

अन्ततः, अंकित मूल्यले शेयरको वास्तविक बजार मूल्य निर्धारण गर्दैन। बजार मूल्य भने लगानीकर्ताको माग, कम्पनीको वित्तीय अवस्था, समग्र अर्थतन्त्र र बजारको प्रवृत्तिजस्ता विभिन्न तत्वले तय गर्छ।

यो समाचार शेयर गर्नुहोस्
6.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?