काठमाडौं । अर्थमन्त्रीको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ सार्वजनिक भएपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।
सरकारले संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, पोर्टफोलियो पुनः सन्तुलन गर्ने, दीर्घकालीन लगानीलाई कर प्रोत्साहन दिने तथा पुँजी बजारका पूर्वाधार सुधार गर्ने योजनासहित २१ बुँदे कार्ययोजना ल्याएसँगै मंगलबार
आज ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता शेयर कारोबार भएका छन्। दिनभरमा कुल ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये २६५ वटाको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ।
आज धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता १४५ रुपैयाँले बढेर १ हजार ११९ रुपैयाँ पुगेको छ।
त्यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य ११.०३ प्रतिशतले बढेको छ। मल्टीप्रपोज फाइनान्सको ९.७३ प्रतिशत र जानकी फाइनान्सको शेयर मूल्य ८.०६ प्रतिशतले वृद्धि भएको छ।

































