National life

नेप्से दोहोरो अंकले बढ्यो, कुन–कुन कम्पनीको सेयर बढ्यो?

बजार बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
364Shares
नेप्से दोहोरो अंकले बढ्यो, कुन–कुन कम्पनीको सेयर बढ्यो?
ncell

काठमाडौं । साताको कारोबारमा सेयर बजारले सुधारको गति समातेको छ। मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २,५७८.७३ विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

आज बजारमा ८९ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनी घटेका छन्। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो।

बढ्ने कम्पनीतर्फ त्रिशुली जलविद्युतको ५.११ प्रतिशत, साल्पा विकास बैंकको ३.७७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३.६५ प्रतिशत, बुटवल पावरको ३.५७ प्रतिशत र लिबर्टी इनर्जीको ३.५० प्रतिशतले सेयर मूल्य बढेको छ।

समग्र बजारमा अधिकांश कम्पनीको मूल्य बढेसँगै नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
364SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?