National life

बजारमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्य बढ्यो

आज बजारमा कुल १ करोड ३६ लाख १० हजार कित्ता सेयर किनबेच

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
1.6kShares
बजारमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्य बढ्यो
ncell

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९३ अंकले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा कुल १ करोड ३६ लाख १० हजार कित्ता सेयर किनबेच भएका छन्। उक्त सेयर कारोबारबाट ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १७७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आजको कारोबारमा धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ६.४४ प्रतिशत, माउन्टेन हाइड्रोको ५.५१ प्रतिशत, एनएमबी हाइब्रिड फण्डको ४.४९ प्रतिशत र पीपल्स हाइड्रोपावरको सेयर मूल्य ४.१९ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा बजार परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिँदा बिहीबारको सेयर बजार सकारात्मक बनेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?