काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २,६५४.२८ अंकमा पुगेको छ।
आज कुल २ करोड १५ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १३७ वटाको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ७.७५ प्रतिशत, मैलुङ खोला जलविद्युत्को ५.६३ प्रतिशत, माण्डु हाइड्रोपावरको ५.४३ प्रतिशत र एभरेस्ट बैंक डिबेन्चरको ४.९७ प्रतिशतले सेयर मूल्य बढेको छ।



































