National life

शिक्षादेखि बीमा क्षेत्रसम्म: समाज रूपान्तरण र युवा सशक्तिकरणको अभियानमा कन्हैया सिंह कुँवर

शून्यबाट सफलताको शिखरतर्फ कन्हैया सिंह कुँवरको प्रेरणादायी यात्रा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|२५ भदौ २०८३, बिहिबार
5.9kShares
शिक्षादेखि बीमा क्षेत्रसम्म: समाज रूपान्तरण र युवा सशक्तिकरणको अभियानमा कन्हैया सिंह कुँवर
ncell

​काठमाडौं । जीवनमा सफलता हासिल गर्नु मात्रै अन्तिम लक्ष्य होइन, आफूले आर्जन गरेको ज्ञान, अनुभव र अवसरलाई समाजको उन्नतिमा समर्पित गर्नु असली सार्थकता हो। यही उच्च विचारलाई आफ्नो जीवनको मन्त्र बनाएर शिक्षा, सामाजिक सेवा र जीवन बीमाको क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ— कन्हैया सिंह कुँवर। उहाँको जीवनकथा केवल एक व्यक्तिको सफलताको विवरण मात्र होइन, यो संघर्षबाट सुरु भएर समाजमा आर्थिक सचेतना, आत्मनिर्भरता र उज्यालो भविष्य निर्माणतर्फ लक्षित एक प्रेरणादायी यात्रा हो।

​कन्हैया सिंह कुँवरको व्यावसायिक यात्राको जग शिक्षा क्षेत्रबाट बसेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शिक्षा नै समाज रूपान्तरणको पहिलो र मुख्य आधार हो भन्ने बलियो विश्वास बोकेर उहाँले BEBS Academy को स्थापना गरी गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनुभयो। शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी बालबालिकाको क्षमता, सिर्जनशीलता, संस्कार र आत्मविश्वाससँग जोड्नुपर्छ भन्ने उहाँको दृढ मान्यता छ।

​ललितपुर जिल्लाभित्रका निजी शैक्षिक संस्थाहरूको छाता संस्था ‘अलार्म नेपाल’ (ALARM Nepal) मा सशक्त नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका कुँवर PABSON लगायतका शैक्षिक संस्थाहरूसँग पनि आबद्ध रही शैक्षिक सुधारमा निरन्तर क्रियाशील रहनुभयो। पछिल्लो समय उहाँले Penguin International Education Centre मार्फत बालबालिकाको प्रारम्भिक शिक्षालाई जगैदेखि मजबुत बनाउने अभियानको नेतृत्व गरिरहनुभएको छ।

​शिक्षाले चेतना दिन्छ तर जीवनमा आइपर्ने अप्रत्यासित जोखिम र आर्थिक संकटबाट जोगाउन आर्थिक सुरक्षा अनिवार्य हुन्छ भन्ने दूरदर्शी सोचका साथ उहाँ विगत ८ वर्षदेखि जीवन बीमा क्षेत्रमा समर्पित हुनुहुन्छ। हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, पाटन शाखामा वरिष्ठ एजेन्सी म्यानेजरका रूपमा कार्यरत रही उहाँले उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्दै आउनुभएको छ।

​कुँवरका लागि बीमा व्यवसाय मात्र नभई एउटा पवित्र सामाजिक अभियान हो। उहाँलाई यस क्षेत्रमा प्रवेश गराउने र प्रारम्भिक मार्गदर्शन गर्ने प्रेरक व्यक्तित्व एल.एन. उपाध्यायको योगदानलाई उहाँ सधैँ आदरका साथ स्मरण गर्नुहुन्छ।

​यसैक्रममा, बीमा यात्रालाई थप उचाइमा पुर्‍याउन र व्यावसायिक निखारता ल्याउन बागमती 'बी' का प्रदेश प्रमुख मदन विष्टको कुशल नेतृत्व, स्पष्ट दिशा-निर्देशन र सहयोगात्मक कार्यशैलीको कुँवर मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ। मदन विष्ट सरको अभिभावकीय भूमिका, निरन्तरको हौसला र बीमा कार्यमा पुर्‍याउनुभएको अतुलनीय सहयोगकै कारण आज पाटन शाखामा अनेकौँ कुशल लिडरहरू समेटिन सफल भएका छन्। प्रदेश प्रमुख विष्टकै प्रेरणादायी नेतृत्वमा पाटन शाखाका ऊर्जाशील लिडरहरूलाई एकताबद्ध गर्दै ‘मछिन्द्रनाथ ग्रुप’ को स्थापना भएको हो, जसको संस्थापक नेतृत्वकर्तामध्ये कन्हैया सिंह कुँवर पनि एक हुनुहुन्छ। आज यो ग्रुप बीमा क्षेत्रमा सफलताको उत्कृष्ट पर्याय बनेको छ।

​जीवन बीमाको महत्त्वलाई गहिरोसँग व्याख्या गर्दै कुँवर भन्नुहुन्छ, “बीमा भनेको कुनै दुर्घटना वा संकट परेपछि मात्र सम्झिने विषय होइन। यो त संकट आउनुअघि नै आफ्नो परिवारको मुस्कान, बालबालिकाको उच्च शिक्षा र भविष्यलाई सुरक्षित बनाउने अग्रिम आर्थिक योजना हो।” घरको कमाउने मुख्य व्यक्तिको अनुपस्थिति वा अनपेक्षित जोखिममा सिङ्गो परिवारलाई सडकमा आउनबाट जोगाउने बलियो आर्थिक छाता नै जीवन बीमा हो भन्ने उहाँको बुझाइ छ। यसले नागरिकमा नियमित बचत गर्ने बानी बसाल्नुका साथै अवकाशपछिको जीवनलाई सम्मानित र आत्मनिर्भर बनाउन मद्दत गर्छ। बीमासम्बन्धी चेतना अझै पनि आम नागरिकसम्म पुग्न नसकेकाले स्थानीय तहदेखि नै बीमा शिक्षाको अभियान चलाउनुपर्ने र यसमा स्थानीय सरकारले पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ।

​विशेष गरी आजको युवा पुस्तालाई लक्षित गर्दै उहाँ भन्नुहुन्छ, “आजका युवाहरू वैदेशिक रोजगारी वा अरूको अधीनमा रहेर काम गर्ने सोचभन्दा माथि उठेर आफ्नै देशमा सम्भावना खोज्न तत्पर हुनुपर्छ। जीवन बीमा क्षेत्र युवाहरूका लागि स्वतन्त्र, मर्यादित र असीमित आम्दानीको ढोका खोल्ने उत्कृष्ट माध्यम हो।” उहाँका अनुसार बीमा अभिकर्ताको भूमिका केवल बीमा पोलिसी बिक्री गर्नुमा मात्र सीमित छैन, यो त समाजलाई वित्तीय रूपमा साक्षर र सुरक्षित बनाउने एउटा सामाजिक नेतृत्व हो। विद्यार्थी जीवनमा रहेका वा रोजगारीको खोजीमा छटपटाइरहेका युवाहरूले थोरै लगानी र उच्च इच्छाशक्तिका साथ यस क्षेत्रमा कदम बढाउन सक्छन्।

​बीमा क्षेत्रले युवाहरूलाई संवाद कला, वित्तीय व्यवस्थापन, नेतृत्व क्षमता, समय व्यवस्थापन र नेटवर्किङ जस्ता जीवनोपयोगी सीपहरू सिकाउँछ। कुँवरको आफ्नै जीवनयात्रा यस कुराको ज्वलन्त उदाहरण हो कि शून्यबाट सुरु गरेर पनि निरन्तरको मेहनत, इमानदारिता र दृढ संकल्प राख्ने हो भने बीमा क्षेत्रमा आफ्नै छुट्टै साम्राज्य खडा गर्न सकिन्छ।

​यदि कोही युवामा बीमा क्षेत्रमार्फत समाज परिवर्तन गर्ने र आफ्नो करियरलाई नयाँ उचाइमा पुर्‍याउने जुनुन छ भने, उहाँ आफूलाई निस्सन्देह सम्पर्क गर्न आह्वान गर्नुहुन्छ। त्यस्ता इच्छुक युवाहरूलाई उहाँको क्षमता र अभिरुचि अनुसार पूर्ण मार्गदर्शन र सहयोग गर्न आफू सधैँ तत्पर रहेको कुँवर बताउनुहुन्छ।

​आफ्नो अथक मेहनत, निष्ठा र नेतृत्व क्षमताका कारण कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका MDRT, Chairman Club तथा CEO Club जस्ता प्रतिष्ठित सम्मान तथा उपलब्धिहरू हासिल गरिसक्नुभएको छ। तर उहाँ यी सम्मानलाई सफलताको अन्तिम विन्दु नभई आगामी यात्राको थप जिम्मेवारीका रूपमा लिनुहुन्छ। सफलतालाई परिभाषित गर्दै उहाँ भन्नुहुन्छ, “सफलता भनेको आफू मात्र अगाडि बढ्नु होइन, आफूले प्राप्त गरेको ज्ञान, सीप र अवसरबाट अरूलाई पनि अगाडि बढ्न र आत्मनिर्भर बन्न सहयोग गर्नु हो।”

​शिक्षाबाट चेतनाको ज्योति छर्ने, जीवन बीमाबाट प्रत्येक परिवारलाई आर्थिक सुरक्षाको ढाल प्रदान गर्ने, युवाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने र सामाजिक सेवाबाट समाज रूपान्तरण गर्ने कन्हैया सिंह कुँवरको यो यात्रा हरेक युवाका लागि प्रेरणाको स्रोत बनेको छ। शून्यबाट सुरु भएको उहाँको संघर्ष, निरन्तरको समर्पण र सकारात्मक सोचले आज उहाँलाई एक सफल सामाजिक अभियन्ता र बीमा व्यवस्थापकका रूपमा स्थापित गराएको छ। भोलिको समाजलाई अझ शिक्षित, सुरक्षित, समृद्ध र आत्मनिर्भर बनाउने उहाँको यो अभियान निरन्तर अगाडि बढिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
5.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?