काठमाडौँ । आजबाट अंग्रजी नयाँ वर्ष २०२५ को प्रारम्भ भएको छ । सन २०२४ लाई फर्केर हेर्दा बीमा क्षेत्रका लागि सन् २०२४ मा केही स्मरणीय उपलब्धि भएको छ । आम नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको बीमा क्षेत्रमा भएका ४ ओटा विशेष उपलब्धिहरूलाई बुँदागत रूपमा हेरौँ ।
नीतिगत फेरबदल
सन २०२४ मा बीमा क्षेत्रमा भएको अनेकौँ उपलब्धि मध्येमा एक विशेष उपलब्धि नीतिगत फेरबदल भएको छ ।
अध्यक्षविरुद्ध नै घोटाला प्रकरणमा मुद्दा
सन २०२४ मा बीमा क्षेत्र नै तरङ्गित हुने गरेर एउटा घटना चर्चामा रह्यो । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर दर्जनौँ घोटाला काण्डमा संलग्न निलम्बित अध्यक्ष सूर्यप्रसाद सिलवालले ३६ लाख भन्दा बढी रकम भ्रष्टाचारको आरोपमा मुद्दा लागेको छ । उक्त मुद्दामा सिलवालले ३६ लाख ६२ हजार १५४ रुपैयाँ तलब सुविधा गैर कानुनी रुपमा लिई भ्रष्टाचार गरेको ठहर भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले समेत गरेको छानबिनको क्रममा सूर्य सिलवालको पदावधि गैर कानुनी नै भएको भन्दै प्रतिवेदन तयार पारिएको थियो । यही कारण उनले मुद्दा खेप्नुपर्यो ।
प्राकृतिक विपत्ति र बीमा दाबीको चाप
बीमा क्षेत्रमा अन्य वर्षको तुलनामा यस तुलनात्मक रूपमा अर्बौँको दायित्व बढेको छ । निर्जीवन बीमकहरुमा बाढी पहिरोको क्षतिबाट हालसम्म १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी परेको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ६७६ वटा दाबी परेको छ । यस मध्येमा बीमकहरुले १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ भुक्तानी प्राप्त गरेको तथ्याकंमा उल्लेख छ ।


































