National life

बीमा क्षेत्रमा वित्तीय दबाब कायमै, बीमा दाबी भुक्तानी १४% घट्यो

१० महिनामा ५८ अर्ब भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
2.4kShares
बीमा क्षेत्रमा वित्तीय दबाब कायमै, बीमा दाबी भुक्तानी १४% घट्यो
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले करिब ५८ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्म बीमकहरूले कुल ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।

यो रकम भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष बैशाख मसान्तसम्म बीमा कम्पनीहरूले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले १ लाख ५९ हजार ३०२ दाबीबापत ३४ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा २ लाख १८ हजार ९५१ दाबीबापत ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले १ लाख २५ हजार ७८२ दाबीबापत २३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको तुलनामा निर्जीवनतर्फ दाबी संख्या बढे पनि भुक्तानी रकममा उतारचढाव देखिएको छ।

प्राधिकरणका अनुसार चालु वर्षको १० महिनासम्म अझै ५१ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी बाँकी रहेको छ। कुल १ लाख ७८ हजार ६० दाबी अझै फर्छ्योट हुन बाँकी छन्।

जीवन बीमा कम्पनीतर्फ ६१ हजार ६४९ दाबीबापत ५ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ भने निर्जीवन बीमा कम्पनीतर्फ १ लाख १६ हजार ४४१ दाबीबापत ४५ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको तथ्यांकले देखाएको छ।

बीमा दाबी भुक्तानी घटेपनि निर्जीवन बीमातर्फ दाबी संख्या बढ्नु र ठूलो रकम फर्छ्योट हुन बाँकी रहनुले बीमा क्षेत्रमाथि वित्तीय दबाब कायमै रहेको संकेत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?