काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विदेशी पुनर्बीमा कम्पनीहरूलाई आफ्नो सूचीकरण नवीकरण गर्न आग्रह गरेको छ।
प्राधिकरणले पुनर्बीमा निर्देशिका, २०८० अनुसार प्रत्येक वर्ष सूचीकरण अद्यावधिक गर्नु अनिवार्य रहेको उल्लेख गर्दै सम्बन्धित सबै कम्पनीलाई समयमै प्रक्रिया अघि बढाउन सूचना जारी गरेको हो।
नियामक मापदण्डको पालना र सेवा निरन्तरता सुनिश्चित गर्न नवीकरण आवश्यक रहेको प्राधिकरणले जनाएको छ।
यसका साथै, नवीकरण प्रक्रियामा देखिन सक्ने समस्या समाधानका लागि प्राधिकरणले प्राविधिक तथा प्रशासनिक सम्पर्क बिन्दुहरू पनि उपलब्ध गराएको छ।
आईटी सम्बन्धी समस्याका लागि तोकिएका इमेलमार्फत सहयोग लिन सकिनेछ भने अन्य प्रक्रियागत जिज्ञासाका लागि छुट्टै सम्पर्क व्यवस्था गरिएको छ।
प्राधिकरणले सबै विदेशी पुनर्बीमा कम्पनीलाई ढिलाइ नगरी नवीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।


































