National life

११ वर्षदेखि अभिकर्ता यात्रामा दीपेन्द्र, यस्तो छ बीमाले दिएको पहिचान

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२० वैशाख २०८३, आइतबार
5.2kShares
११ वर्षदेखि अभिकर्ता यात्रामा दीपेन्द्र, यस्तो छ बीमाले दिएको पहिचान
ncell

काठमाडौँ। खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ रुकुमको ग्रामीण भेगमा जन्मिएर संघर्षको बाटो हुँदै बीमा क्षेत्रमा स्थापित भएका दीपेन्द्र राज भण्डारी आज नेशनल लाइफ इन्स्योरेन्समा एक सफल अभिकर्ताका रूपमा परिचित छन्।

विगत ११ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय रहेका भण्डारीले मेहनत, धैर्य र इमान्दारिताका साथ आफ्नो कर्ममा समर्पित भएर बीमा क्षेत्रमा सफलता हासिल गरेका हुन्।

सन् २०१९ मा उनले एमडीआरटी उपाधि पनि प्राप्त गरेका थिए। उनी नेशनल लाइफ इन्स्योरेन्समा विगत ९ वर्षदेखि विभिन्न अवार्डहरू पनि प्राप्त गर्दै आइरहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रुकुमदेखि तराईसम्मको यात्रा

वि.स. २०४६ सालमा रुकुमको ग्रामीण भेगमा जन्मि एका दीपेन्द्रले आफ्नो प्रारम्भिक जीवन पहाडी वातावरणमै बिताए। अध्ययनलाई निरन्तरता दिन उनी पछि तराई झरेका थिए।

तराईमा आएपछि दाङमा उनले करिब ८–१० वर्ष विभिन्न एनजीओ र आइएनजीओमा काम गर्दै अनुभव बटुले। त्यतिबेला बीमा सचेतना निकै कम थियो।

उनी भन्छन्, “त्यतिबेला बीमाबारे बुझाउन निकै गाह्रो थियो। घर–घर पुगेर बुझाउनुपर्थ्यो, फोन र भेटघाटमार्फत निरन्तर प्रयास गर्नुपर्थ्यो। त्यो समयबाट हामी जस्ता अभिकर्ताहरूले नै बीमाबारे सचेतना फैलाउँदै आएका हौँ। अहिले त सामाजिक सञ्जालका कारण पहिलेभन्दा बीमाबारे बुझाउन सजिलो भएको छ।”

बीमा क्षेत्रमा प्रवेशको निर्णय

दीपेन्द्रले वि.स. २०७१ मा बीमा क्षेत्रमा प्रवेश गरे पनि २०७३ सालदेखि निरन्तर रूपमा सक्रिय रूपमा काम गर्न थाले। सुरुवातमा उनी अनिश्चितता र नयाँ चुनौतीबीच अघि बढेका थिए।

दाङमा बसोबास गर्दै गर्दा जीवनयापन, सन्तानको शिक्षा र भविष्यलाई सुरक्षित बनाउने सोचले उनी र उनकी श्रीमती दुवै नेशनल लाइफ इन्स्योरेन्सको तुलसीपुर शाखासँग जोडिए।

भण्डारी भन्छन्, “तुलसीपुर शाखाका प्रमुख र मार्केटिङ अफिसर सरहरूको ऊर्जा र प्रेरणाले हामीलाई यो क्षेत्रमा प्रवेश गरायो।”

त्यही प्रेरणाले उनीहरूले बीमा क्षेत्रलाई पेशा मात्र होइन, जीवनको लक्ष्य बनाएका छन् र निरन्तर एक दशकभन्दा बढी समयदेखि यही पेसामा आफूलाई समर्पित गर्दै आएका छन्।

सफलता र उपलब्धि

विगत ११ वर्षदेखि सक्रिय भण्डारीले पछिल्ला ९ वर्षदेखि लगातार विभिन्न रिवार्ड र उपलब्धि हासिल गर्दै आएका छन्। उनी सन् २०१९ मा एमडीआरटी उपाधि हासिल गर्न पनि सफल भएका थिए।

बीमाबारे उनको धारणा फरक छ। उनका अनुसार बीमा केवल बिक्रीको काम होइन, समुदाय परिवर्तन गर्ने माध्यम हो।

उनी भन्छन्, “अभिकर्ताले आफ्नो मात्र होइन, समुदायको विकासका लागि पनि काम गर्नुपर्छ।”

बीमा क्षेत्रमा प्रवेशपछि उनको जीवनमा ठूलो परिवर्तन आएको छ। सामान्य ग्रामीण पृष्ठभूमिबाट आएका उनी अहिले आफ्ना छोराछोरीलाई एमबीबीएससम्म पढाउन सक्षम भएका छन्।

“पहिले एनजीओमा अल्झेर जति समय गुमाएँ, त्यो समयलाई पनि बीमामै लगाएको भए हुन्थ्यो भन्ने अनुभव हुन्छ,” उनी भन्छन्।

बीमा पेशाले उनलाई आर्थिक स्थायित्वसँगै सामाजिक प्रतिष्ठा पनि दिएको छ।

नेशनल लाइफप्रतिको विश्वास

भण्डारीले नेशनल लाइफ इन्स्योरेन्स नेपाल सरकारबाट मान्यता प्राप्त पुरानो र विश्वसनीय कम्पनी भएकाले यसमा जोडिएको बताए। बोनस तथा सेवा प्रणालीले पनि उनी यस कम्पनीसँग जोडिन प्रेरित भएका हुन्।

उनले भने, “मैले धेरै कम्पनी अध्ययन गरेँ, तर नेशनल लाइफको विश्वसनीयता र बोनस तथा सेवा प्रणालीले मलाई आकर्षित गर्यो।”

भावनात्मक अनुभव

दीपेन्द्रको बीमा यात्रामा एउटा भावनात्मक घटना विशेष रूपमा स्मरणीय छ। रुकुमका एक बीमितको क्यान्सरका कारण निधन भएपछि परिवारले सहज रूपमा बीमा रकम प्राप्त गरेको थियो।

“त्यो घटनापछि समुदायमा ठूलो चेतना आएको थियो। बीमा आवश्यक रहेछ भन्ने कुरा सबैले बुझ्न थाले,” उनी भन्छन्।

बीमितले रकम पाउँदा पीडितको घाउमा मल्हम लगाउन पाउँदा बीमा सामाजिक सेवा पनि रहेछ भन्ने अनुभव हुने गरेको दीपेन्द्र बताउँछन्।

दीपेन्द्रको सन्देश

दीपेन्द्र युवालाई स्वदेशमै अवसर खोज्न आग्रह गर्छन्। “विदेश मात्र विकल्प होइन। नेपालमै बसेर पनि राम्रो कमाइ र सम्मानजनक जीवन सम्भव छ।” उनी भन्छन्।

उनका अनुसार सीप, क्षमता र मेहनतलाई स्वदेशमै उपयोग गर्न सके देश आत्मनिर्भर बन्न सक्छ।

बीमाको वास्तविक अर्थका अनुसार बीमा केवल आम्दानी होइन, जीवन सुरक्षा हो। “मानिसले कति कमाउँछ भन्ने होइन, कति बचाउँछ भन्ने महत्वपूर्ण हो,” उनी भन्छन्। बीमालाई उनी जीवनको अनिश्चितताविरुद्धको आर्थिक सुरक्षा कवच मान्छन्।

दीपेन्द्र राज भण्डारीको यात्रा ग्रामीण रुकुमदेखि तराईसम्मको संघर्ष, रोजगारीको खोजी, एनजीओ अनुभव र अन्ततः बीमा क्षेत्रमा स्थिर सफलताको कथा हो। लगातार मेहनत, धैर्य र इमान्दारिताले उनलाई आज सफल अभिकर्ता मात्र होइन, समाजमा प्रेरणादायी व्यक्तित्व पनि बनाएको छ।

बीमा अभिकर्ता यात्राबाटै उनले आफ्ना आर्थिक आवश्यकताहरू पूरा गरेका छन्। सही अवसर, निरन्तर प्रयास र आत्मविश्वास भए कुनै पनि साधारण पृष्ठभूमिबाट असाधारण सफलता सम्भव छ भन्ने उदाहरण बनेका छन् भण्डारी दम्पती।

यो समाचार शेयर गर्नुहोस्
5.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?