काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका दुई सञ्चालकले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीका संस्थापक शेयरधनी समूहका सञ्चालक कुशल मल्ली र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएकी बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
मल्लीले व्यक्तिगत कारण देखाउँदै भदौ १५ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
यस्तै, सरस्वती अधिकारीले असार ३१ गते राष्ट्रिय वाणिज्य बैंकबाट अनिवार्य अवकाश पाएपछि सञ्चालक पदबाट हटेको बैंकले जनाएको छ । यससम्बन्धी जानकारी राष्ट्रिय वाणिज्य बैंकले भदौ १६ गते पत्रमार्फत कम्पनीलाई गराएको नेशनल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

































