National life

दृष्टिविहीन पनि अभिकर्ता बन्न सक्ने,सबै कम्पनीलाई स्वीकृती दिँदै प्राधिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
870Shares
दृष्टिविहीन पनि अभिकर्ता बन्न सक्ने,सबै कम्पनीलाई स्वीकृती दिँदै प्राधिकरण
ncell

काठमाडौं । हालसम्म दृष्टिविहीनहरुको सहभागीता बीमा क्षेत्रमा न्यून देखिन्छ । त्यसमा पनि बीमा अभिकर्तामा जोडिएर काम गर्छु भन्ने दृष्टिविहीनहरु औंलामा गन्न सकिन्छन् । यस्तो अवस्थामा नियामक बीमा प्राधिकरणले सबै कम्पनीहरुलाई सो व्यवस्था कार्यन्वयन गर्न स्वीकृती दिने भएको हो ।

नेपाल बीमा प्राधिकरणका एक उच्च अधिकारीले अर्थिक भ्वाईससँगको कुराकानीमा हालसालै एउटा बीमा कम्पनीले दृष्टिविहीनको पनि बीमा अभिकर्तामा सहभागी हुनसक्ने प्रस्ताव पेश गरेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ती अधिकारीले हालसम्म बीमामा नेत्रज्योती गुमाएका कोही पनि बीमा अभिकर्ता नबनेको अवस्थामा यस्तो सुरुवात गर्न सके बीमा क्षेत्रमै राम्रो थालनी हुने समेत बताएका हुन् ।

परिपत्र जारी हुँदै

उनले बीमा क्षेत्रमा आवद्ध हुन चाहनेले राजगारी पाउँने तथा एकदृष्टिविहीले अर्को नागरिकको लागि ठूलो सहयोग गर्न सक्ने भएकाले पनि सो व्यवस्था निकै फलदायी हुने बताए । साथै, हालसम्म बीमामा अर्थिक रुपमा सम्पन्न, शिक्षित या भनौ जाने बुझेका व्यक्तीहरु नै तर्किरहेको अवस्थामा एकजना दृष्टिविहीनले बीमा अभिकर्ता पेशालाई आफ्नो रोजिरोटी बनाउँछु भन्नुले अन्तराष्र्टिय स्तरमा समेत ठूलो सन्देश दिने स्पष्ट पारे ।

बीमा कम्पनीको ठूलो हात हुने

कस्तो व्यक्तीलाई अभिकर्ता राख्ने भन्ने कुरा बीमा कम्पनीहरुको हातमा हुने बीमा प्राधिकरण बताउँछ । कम्पनीले सिफरीस गरे बमोजिम नै अभिकर्ताहरुले लाइसेन्स पाउने भएकाले उनीहरुले बीमामा जोडिन चाहने व्यक्तीको उदेश्य बुझेर बीमामा लगाउनु पर्ने प्राधिकरणका कर्मचारीहरुको धारणा छ । हालसम्म बीमा अभिकर्ताको परिक्षा भौतिक रुपमा मात्रै हुने भए पनि केही महिना अघिबाट उक्त परिक्षामा अनलाइन प्रणालीबाटै सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । यता बीमा अभिकर्ताहरुले पनि घण्टौ लाइन बस्नु पर्ने सकसबाट मुक्ती पाएको र बदलिदो प्रविधी मैत्री सुविधा बीमामा पनि लागू हुँदा खुशी व्यक्त गर्ने गरेका छन् ।

प्रविधि मैत्री तरिकाबाट अभिकर्ताको परिक्षा दिन मिल्ने व्यवस्था भएसँगै अभिकर्ताको लाइसेन्स लिनेहरुको संख्या बढेको बीमा प्राधिकरण बताउँछ । हालसम्म जीवन बीमामा अभिकर्ताको सहभागिता नभई डाइरेक्ट व्यवसाय आउँने अवस्था निकै कम छ ।

यसले गर्दा पनि बीमा क्षेत्रमा अभिकर्ताहरुको महत्व धेरै देखिन्छ । अभिकर्ता बनेर उनीहरुले आफ्नो पेशागत उत्तरदायित्व कति पूरा गरे भन्ने पनि महत्वपूर्ण प्रश्न बन्ने गरेको छ । अभिकर्ताहरुकै संघ संगठनले पनि अभिकर्ताहरुमा इमान्दारीता र नैतिकता चाहिने बताइरहेको बेलामा नेपाल बीमा प्राधिकरणले पनि नयाँ किसिमका पद्धती र नयाँ नयाँ व्यक्ती अभिकर्ता बन्न चाहेमा आफूहरुले सधैं ढोका खुला राख्ने गरेको बताएको हो ।

यो समाचार शेयर गर्नुहोस्
870SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?