काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २२.८५ अंकले बढेर २,६४७.२२ विन्दुमा पुगेको छ।
आज २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य घट्दा ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
आज स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै १३.५६ प्रतिशतले बढेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्तको ९.८१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ८.८४ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ६.२० प्रतिशत र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ५.०६ प्रतिशतले बढेको छ।
त्यसैगरि, कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख, ग्लोबल आईएमई बैंकको २३ करोड २० लाख, लिबर्टी इनर्जीको २२ करोड ७९ लाख, सिद्वार्थ बैंकको २१ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।































