National life
cg eloctronics

यी कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण, भयो सर्वाधिक कारोबार

५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ असोज २०८३, बिहिबार
7.4kShares
यी कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण, भयो सर्वाधिक कारोबार
muktinatha bikash bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९३ अंकले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बजारमा कुल १ करोड ३६ लाख १० हजार कित्ता सेयर किनबेच भएका छन्। उक्त सेयर कारोबारबाट ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १७७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

everest bank

आजको कारोबारमा धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ६.४४ प्रतिशत, माउन्टेन हाइड्रोको ५.५१ प्रतिशत, एनएमबी हाइब्रिड फण्डको ४.४९ प्रतिशत र पीपल्स हाइड्रोपावरको सेयर मूल्य ४.१९ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरि, सिद्वार्थ बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

शिवम् सिमेन्टको २७ करोड २६ लाख, सोलु हाइड्रोपावरको २३ करोड ८४ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १७ करोड १० लाख, एनआरएनको १४ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा बजार परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिँदा बिहीबारको सेयर बजार सकारात्मक बनेको छ।

यो समाचार शेयर गर्नुहोस्
7.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?