National life

आजको कारोबारमा यी कम्पनी अगाडि, कसको सेयरमा बढी आकर्षण?

दिनभरमा कुल ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|३० भदौ २०८३, मङ्गलबार
3.8kShares
आजको कारोबारमा यी कम्पनी अगाडि, कसको सेयरमा बढी आकर्षण?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेसँगै नेप्सेमा उल्लेख्य सुधार देखिएको हो।

आज ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता शेयर कारोबार भएका छन्। दिनभरमा कुल ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये २६५ वटाको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ। एक कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

आज धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता १४५ रुपैयाँले बढेर १ हजार ११९ रुपैयाँ पुगेको छ।

यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य ११.०३ प्रतिशतले बढेको छ। मल्टीप्रपोज फाइनान्सको ९.७३ प्रतिशत र जानकी फाइनान्सको शेयर मूल्य ८.०६ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी, आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३२ करोड ७० लाख बढीको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्टको ३१ करोड ५६ लाख, अपि पावरको २८ करोड ४४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड २९ लाख र लिबर्टी इनर्जीको २७ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।

यो समाचार शेयर गर्नुहोस्
3.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?