National life

भोटेकोशी बाढीपछि महँगी थप बढ्ने संकेत

। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै मुलुकको मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|०३ असोज २०८३, शनिबार
328Shares
भोटेकोशी बाढीपछि महँगी थप बढ्ने संकेत
ncell

काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै मुलुकको मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो।

सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीतिलाई करिब ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, साउनमै मूल्यवृद्धि लक्षित सीमाभन्दा माथि पुगेको हो।

राष्ट्र बैंकका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै समग्र मुद्रास्फीति बढेको हो। यसअघि चैतमा ५.०४ प्रतिशत, वैशाखमा ५.०४ प्रतिशत, जेठमा ५.२२ प्रतिशत र असारमा ५.१४ प्रतिशत मुद्रास्फीति रहेको थियो।

अघिल्लो आर्थिक वर्षभरको औसत मुद्रास्फीति ३.८५ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्षको साउनमा भने मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित थियो।

भोटेकोशी बाढीपछि महँगी थप बढ्ने आकलन

१० भदौमा आएको भोटेकोशी बाढीपछि १४ भदौमा कृष्णभिर क्षेत्रमा पहिरो जाँदा सडक भासिएको थियो। त्यसपछि काठमाडौंलगायतका सहरमा ग्यास, इन्धन तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ।

ढुवानीमा आएको अवरोधका कारण बजारमा आपूर्ति प्रभावित हुँदा भदौ महिनामा मुद्रास्फीति थप बढ्न सक्ने आकलन गरिएको छ। यद्यपि, बाढी र पहिरोको असर देखिनुअघि नै साउनमा मुलुकको मुद्रास्फीति करिब ६ प्रतिशत पुगिसकेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ५.५२ प्रतिशत छ।

अघिल्लो आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो।

एकै महिनामा २ खर्ब १५ अर्ब रेमिट्यान्स

साउन महिनामा नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा २१.२ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। आर्थिक वर्ष २०८२/८३ भरमा भने नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

विदेशमा रहेका नेपाली कामदारको संख्या र उनीहरूको आम्दानी बढ्दै गएसँगै पछिल्लो समय रेमिट्यान्स आप्रवाह पनि बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
328SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?