National life

मध्यपूर्वमा सुरु भएको द्वन्द्वले विश्व बजारमा दोहोरो असर पर्छ, विश्वभर महँगी अझै बढ्छ : विश्व बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
526Shares
मध्यपूर्वमा सुरु भएको द्वन्द्वले विश्व बजारमा दोहोरो असर पर्छ, विश्वभर महँगी अझै बढ्छ : विश्व बैंक
ncell

एजेन्सी । विश्व बैंकले मध्यपूर्वमा सुरु भएको द्वन्द्वले विश्व बजारमा दोहोरो असर पर्ने बताएको छ । विश्व बैंकको ‘कमोडिटी मार्केट आउटलुक’ प्रतिवेदनअनुसार रुस र युक्रेनबीचको द्वन्द्वमाथि थपिएको मध्यपूर्वको द्वन्द्वले विश्वभर तेलको मूल्य बढ्दा महँगी झन् बढ्ने जनाएको हो ।

प्रतिवेदनले द्वन्द्वका कारण वस्तु बजारमा निकट भविष्यमा पर्नसक्ने प्रभावहरुको मूल्यांकन गरेको छ । द्वन्द्व लामो समयसम्म नचलेमा यी असरहरु थप बृहत नहुने भए पनि द्वन्द्व लम्बिएमा भने यसले दोहोरो असर गर्ने पनि प्रतिवेदनले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्व बैंकको बेसलाइन प्रक्षेपणमा तेलको हाल त्रैमासिक औसत मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरबाट आगामी वर्ष कम भएर ८१ डलरमा झर्ने उल्लेख थियो । समग्र वस्तुको मूल्य पनि आगामी वर्ष ४.१ प्रतिशतले कम हुने प्रक्षेपण गरिएको थियो ।

त्यस्तै, आगामी वर्ष वितरण तथा उत्पादन बढ्ने भएकाले कृषिजन्य वस्तुको मूल्य पनि कम हुने र फलामजन्य वस्तुको मूल्य सन् २०२४ मा ५ प्रतिशतले कम हुने प्रक्षेपण गरिएको थियो भने सन् २०२५ सम्ममा वस्तु बजारको मूल्य स्थिर हुने विश्व बैंकको प्रक्षेपण थियो ।

तर, मध्यपूर्वको द्वन्द्वका कारण यसमा थप असर पर्न सक्ने कमोडिटी मार्केट आउटलुक प्रतिवेदनमा उल्लेख छ ।

द्वन्द्व सुरु भएयता हालसम्म वस्तु बजारमा यसको प्रभाव सीमित रुपमा मात्रै भएको छ । तेलको मूल्यमा द्वन्द्व सुरु भएयता ६ प्रतिशतको वृद्धि देखिएको छ भने कृषि, फलाम तथा अन्य वस्तुको मूल्यमा थोरै मात्र फरक देखिएको छ ।

विश्व बैंकको प्रतिवेदनअनुसार द्वन्द्व विस्तार हुने भएमा मूल्यवृद्धि तीव्र रुपमा हुनेछ । सन् १९७० र सन् २०११ मा लिबियामा भएको युद्धको उदाहरण दिँदै उक्त प्रतिवेदनमा द्वन्द्वको प्रभाव तेलको मूल्यमा पर्ने अनुपातमा अन्य क्षेत्रमा पर्ने उल्लेख छ । तेलको मूल्यमा सानो असर परेमा विश्व बजारमा तेल प्रतिदिन ५ लाखदेखि २० लाख ब्यारेलसम्म कम हुनसक्ने प्रतिवेदनले जनाएको छ, जुन लिबियामा भएको सन् २०११ को गृहयुद्धमा देखिएको थियो ।

यस्तो अवस्था भएमा चालु त्रैमासमा नै तेलको मूल्यमा ३ देखि १३ प्रतिशतको वृद्धि देखिएर ९३ देखि १०२ अमेरिकी डलर प्रतिब्यारेलसम्म पुग्नेछ । त्यस्तै, मध्यम किसिमको असर भएमा सन् २००३ मा इराक युद्धको समयमा देखिएको जस्तै अवस्था सिर्जना हुने प्रतिवेदनमा उल्लेख छ । जसका कारण वैश्विक तेल वितरणमा प्रतिदिन ३० लाखदेखि ५० लाख ब्यारेलसम्मको कमी हुन सक्नेछ । यसले तेलको मूल्यलाई २१ देखि ३५ प्रतिशतले बढाउने देखिन्छ । जसले गर्दा हालको अवस्थामा प्रतिब्यारेल मूल्य १०९ देखि १२१ अमेरिकी डलरसम्म पुग्न सक्छ ।

विश्व बैंकका प्रमुख अर्थशास्त्री तथा डेभलपमेन्ट इकोनोमिक्सका वरिष्ठ उपाध्यक्ष इन्दरमित गिलका अनुसार मध्यपूर्वमा देखिएको द्वन्द्वले वस्तु बजारमा सन् १९७० यताकै ठूलो प्रभाव पार्नसक्छ । यसले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने र द्वन्द्व बढ्दै गएमा विश्व अर्थतन्त्रले एउटै दशकमा दोहोरो असर भोग्नुपर्ने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘द्वन्द्व बढेमा एकै दशकमा विश्व अर्थतन्त्रमा दोहोरो असर पर्नेछ । युक्रेन र रुसको युद्धमात्रै होइन, मध्यपूर्वबाट पनि असर पर्नेछ । त्यसैले नीति निर्माताहरु बढी सतर्क हुन आवश्यक छ ।’

तेलको मूल्यवृद्धि भएमा खाद्यान्नदेखि अन्य वस्तुको मूल्यमा पनि वृद्धि हुने विश्व बैंककी उपप्रमुख अर्थशास्त्री अयहान कोसेले बताएकी छन् । उनी भन्छिन्, ‘तेलको मूल्यवृद्धि नियमित भयो भने खाद्यान्नको मूल्य पनि बढ्नेछ । तेलको मूल्यमा गम्भीर प्रभाव पर्ने हो भने खाद्यान्नको मूल्य झन् बढ्छ, पहिल्यैदेखि उच्च मूल्यवृद्धि सामना गरिरहेका विकासोन्मुख देशहरु यसबाट थप प्रभावित हुनेछन् ।’

यसबाट बच्न नीति निर्माताहरुले सामाजिक सुरक्षामा वृद्धि गर्ने, खाद्यान्नका स्रोतलाई विविधीकरण गर्ने, खाद्यान्न उत्पादन र व्यापारमा चनाखो हुने र दीर्घकालमा नवीकरणीय ऊर्जामा जोड दिँदै तेलमाथिको निर्भरता कम गर्नेमा ध्यान दिन आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?