National life

सुन–चाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो आजको भाउ ?

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|३० भदौ २०८३, मङ्गलबार
5.5kShares
सुन–चाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो आजको भाउ ?
ncell

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार भने मूल्य घटेर प्रतितोला ३ लाख १ सय रुपैयाँ कायम भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदी मंगलबार २० रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

यससँगै मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ३ लाख १ सय रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
5.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?