National life

सुन–चाँदी दुवै महँगिए, यस्तो छ आजको बजार मूल्य

सुनसँगै चाँदी पनि उकालो, तोलामा २६० रुपैयाँ बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०४ भदौ २०८३, बिहिबार
1.5kShares
सुन–चाँदी दुवै महँगिए, यस्तो छ आजको बजार मूल्य
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि ठूलो वृद्धि भएको छ । बिहीबार छापावाल सुनको मूल्य एकैदिन ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने मूल्य बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार रुपैयाँभन्दा माथि पुगेको छ । एकैदिन करिब १० हजार रुपैयाँको हाराहारीमा मूल्य बढेपछि नेपाली बजारमा सुन फेरि नयाँ उचाइतर्फ अघि बढेको देखिएको छ ।

यता चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ रहेको चाँदी बिहीबार २ सय ६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसरी एकैदिन सुन र चाँदी दुवैको मूल्य बढेपछि बहुमूल्य धातुको बजारमा तीव्र उतारचढाव देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?