काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँमा कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ।
आइतबार प्रतितोला ४ हजार ६०५ रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँले घट्दै ४ हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको देखिएको छ।































