National life

सुन–चाँदी दुवै सस्तिए, आज कति पुग्यो मूल्य ?

बजारमा घट्यो सुनको चमक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
2.2kShares
सुन–चाँदी दुवै सस्तिए, आज कति पुग्यो मूल्य ?
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ ३ गते छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६० हजार ७१५ रुपैयाँ कायम भएको छ। मंगलबार प्रतिदश ग्राम २ लाख ६३ हजार ३० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो।

यता, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५५ रुपैयाँ रहेको थियो।

यसअनुसार चाँदीको मूल्य प्रतितोला १६० रुपैयाँले घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?