National life

सुन–चाँदी दुबैमा गिरावट, आजको मूल्य कति ?

नयाँ मूल्यसूचीअनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
2.6kShares
सुन–चाँदी दुबैमा गिरावट, आजको मूल्य कति ?
ncell

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन तथा चाँदीको अद्यावधिक मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्यसूचीअनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँमा झरेको छ। यसैगरी, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ४४ हजार ५१५ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तथा १० ग्राम सुन २ लाख ४६ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघले जनाएअनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?