काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आइतबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो, जुन दिन मूल्य ५ हजार ८ सय रुपैयाँले घटेको थियो।
यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४६ हजार १ सय ४० रुपैयाँ पुगेको छ। शुक्रबार १० ग्राम सुन २ लाख ४४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ हजार ३ सय ५० रुपैयाँको तुलनामा ६० रुपैयाँले बढी हो।































