काठमाडौँ । उतार चडाबको बिच शेयर बजार दोहोरो अकंले बढेको छ । सोमबार करेक्सन देखिएको शेयर बजार आज पुनः सुधारको यात्रा तिर लम्किएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.५५ अकंले बढेर २६९६.६५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९ समूहको शेयर मूल्यमा उछाल देखिएको छ । मंगलबार विकास बैंकको २.४० प्रतिशत, फाइनान्स समूहको ५.९८ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.१२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
उक्त दिन प्रोगेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी,नेपाल वेयरहाउजिङ कम्पनी, सिइडिबी हाइड्रोपावर, नेपाल फाइनान्स, मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।





































