काठमाडौं । साताको पहिलो कारोबारका दिन शेयर बजारमा उछाल छाएको छ। दुई पटक सकारात्मक सर्किट लागेको शेयर बजारमा आज उत्साह छाएको हो ।
कारोबार सुरु भएको एकमिनेटमै बजार ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो भने पुन खुल्ने वित्तीकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द भएको थियो ।त्यसपश्चातपनी बजारमा निरन्तर हरियाली छाएको हो ।
मौद्रिक नीति मार्फत राष्ट्र बैैंकले शेयर बजारलाई बाधा गर्ने नीति फुकुवा गरेसँगै मार्केटमा रौनक देखिएको हो । मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको २० करोडको क्याप खारेज भएको छ । बजारले अब लयमा आएको र निरन्तर रुपमा बजारले गति लिनेमा लगानीकर्ताको विश्वास रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११३.४२ अकं अर्थात् ४.४१ प्रतिशतले बढेर २६८१.५६ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १२ उपसूचकमा हरियाली आएको छ। यसदिन वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रथिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ ।
आज बैंकिङ्ग क्षेत्रको उपसूचकमा लगानीकर्ताहरु बढी झुम्मिएका छन् । कारण मौद्रिक नितिपछि बैंकिङ्ग क्षेत्रमा राहत दिएको कारण लगानीकर्ताहरु यस क्षेत्रतर्फ आकर्षण भएको देखिन्छ ।





































