National life
cg eloctronics

शेयर बजारमा रौनकता, पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
1.2kShares
शेयर बजारमा रौनकता, पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजारमा हरियाली आएको छ । मंगलबार बजार ३३.१५ अंकले बढेर २११५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलबार जीवन बीमा कम्पनीको समूहको २.४० प्रतिशत, निर्जीवन बीमा समूहको २.१९ प्रतिशत, फाइनान्स समूहको २.१६ प्रतिशत, हाइड्रोपावर समूहको २.५८ प्रतिशत, व्यापार समूहको २.१२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

मंगलबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन बरुण हाइड्रोपावर, ग्रिन भन्र्चस, कुथेली बुखेरी स्मल, भगवती हाइड्रोपावर र अपर हेवाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको हो । शेयर बजारमा आएको सुधारको यात्राले लगानीकर्ता उत्साहित भएका छन् । पछिल्लो समय शेयर कारोबार समेत बढ्न थालेको छ । मौद्रिक नीतिमा लगानीकर्ता आशवादी हुँदा कारोबारमा झुम्मिएका हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?