National life

सरकारलाई पत्र : कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०५ वैशाख २०८३, शनिबार
1.2kShares
सरकारलाई पत्र : कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग
ncell

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै एक खुलापत्र लेखेका छन्। उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशैली रहेको औँल्याउँदै कानुनी प्रणालीमै ठुलो शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् ।

सांसद राईले कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई नपत्याउने, निर्देशनको अवज्ञा गर्ने र प्रक्रियाको नाममा कामलाई निकै ढिलासुस्ती गर्ने गरेको आरोप लगाएका छन्। प्रशासनिक र प्रक्रियागत जटिलतालाई क्यान्सरको संज्ञा दिँदै उनले यस्तो गुजुल्टिएको कानुनी गाँठोलाई फुकाउन ऐन संशोधनको विकल्प नरहेको जिकिर गरेका छन् ।

Royal Enfield
nic asia capital

उनले पत्रमार्फत सरकारलाई दुई वटा मुख्य सुझाव दिएका छन्। पहिलो, अटेरी कर्मचारीलाई आज्ञाकारी बनाउन अहिलेको स्थायी नियुक्तिको व्यवस्थालाई पूर्ण रूपमा खारेज गरी करार व्यवस्था लागू गरिनुपर्ने। दोस्रो, प्रक्रियामै वर्षौँ बित्ने झन्झटिला कानुनहरू खारेज गरेर विकासमैत्री, सरल र सहज कानुन निर्माण गरिनुपर्ने ।

हर्क साम्पाङले आफ्नो पत्रमा यस्ता परिवर्तनका लागि आवश्यक पर्ने सुझाव, सहयोग र सहकार्यका लागि आफू र आफ्नो पार्टी सदैव तयार रहेको समेत उल्लेख गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?