काठमाडौँ । यस साता कारोबारको अन्तिम दिन अर्थात् बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ। आज अधिकांश उपसूचकहरू राताम्मे भएका छन् ।
बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को बिन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३०३ वटा कम्पनीहरूको ६३ लाख १२ हजार ५५२ वटा शेयर कित्ता खरिद–बिक्री हुँदा कुल दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।
मल्टिप्रोपोज फाइनान्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै, पोखरा फाइनान्सको ६१० रुपैयाँका दरले शेयर बिक्री हुँदा कुल ११ करोड २६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।





































