काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य दुई हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सोमवार सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै ,आज चाँदी तोलामा दुई हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ ।


































