काठमाडौँ । लगातार पाँच दिन बढेको शेयर बजार साताको दोस्रो दिन भने घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ४.६२ अकंले घटेर २१३६.३५ बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने अन्य १० वटा समूहमा रातो पोतिएको छ । आज वित्त समूह ०।२६ प्रतिशत,लघुवित्त ०.९२ र म्युचुअल फण्ड ०.४६ प्रतिशतले बढ्यो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २८ करोड ७० लाख बढीको सेयर कारोबार सेयर कारोबार भएको छ । जानकी फाइनान्सको आज १५ करोड ५५ लाख,सिईडिबि हाईड्रोको ९ करोड ६३ लाख,हिमालयन रि इन्स्योरेन्सको ९ करोड ४ लाख र निफ्राको ७ करोड ३५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यसदिन समाज लघुवित्तको सेयरमूल्य आज ९.६८ प्रतिशतले बढेको छ । साथै आज सिन्धु् विकास बैंकको सेयरमूल्य ५.१६ प्रतिशत र दोर्दी खोला जलविद्युतको ५.०३ प्रतिशतले बढेको छ ।
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ८.३९ प्रतिशतले घट्यो । आँखुखोला जलविद्युतको सेयरमूल्य आज ४.२७ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.९० प्रतिशतले घटेको छ ।





































