काठमाडौं । आज सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । वृद्धिसँगै नेप्से २१०४ अंकमा कायम ुहुन पुुगेको अवस्था छ।
नेप्सेसँगै कारोबार रकम समेत बढेको छ भने हिजो ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८ करोडको कारोबार भएको देखिन्छ । आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार फाइनान्स समूहको ६.०४ प्रतिशत र व्यापार समूहको ६.१२ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको हो । साथै, विकास बैंक समूहको २.७१ प्रतिशत र वाणिज्य बैंक समूहको ०.६३ प्रतिशतले शेयर मूल्य बढेको छ ।




































