काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयरबजार आज झिनो अंकले बढेको छ । विहीबार नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ बिन्दुमा पुगेको हो।
आज कुल ३३५ कम्पनीको एक करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ । विहीबार नेप्सेमा अपि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज साल्पा विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।






























