काठमाडौँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
कोषले ६.३८% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५४ करोड ६० लाख २ हजार रुपैयाँ पुर्याएको छ ।
आम्दानी बढेसँग कोषको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेको छ भने कुल खर्च ३१.०२ प्रतिशत बढेको छ।
नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ५५ पैसामा सीमित भएको छ। कोषको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ सञ्चित छ।































