काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी)ले १३ प्रतिशत लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१र८२ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश प्रदान गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि कोषको आगामी साधारण सभाबाट अनुमोदन गराई वितरण गरिनेछ ।




































