National life

खानेपानी वितरण नगरी पानीको हाहाकार सृजना गरेको भन्दै प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ पुस २०८०, बुधबार
512Shares
खानेपानी वितरण नगरी पानीको हाहाकार सृजना गरेको भन्दै प्रदर्शन
ncell

ललितपुर । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सृजना गरेको भन्दै प्रदर्शन गरिएको छ । पाटन दरबार क्षेत्रमा बुधवार काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै नारा लगाएका थिए । उनीहरुले ‘पानी मारा सरकार मुर्दावाद’, ‘पानी मारा राजनीतिक पार्टी मुर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

Royal Enfield
nic asia capital

सङ्घर्ष समितिले पौष २० गते पनि खानेपानीको माग गर्दै ललितपुरमा ¥याली निकाल्ने जानकारी दिएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?