काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्सको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकृत गरिएको छ।
सूचीकृत भएसँगै कम्पनीको शेयर आगामी सोमबारबाट कारोबार सुरु हुनेछ। पहिलो कारोबार स्पेसल प्रि–ओपन सेसनमा हुने छ।
नेप्सेले पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य दायरा तोकेको छ, जस अन्तर्गत जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको शेयर RSML सिम्बलबाट कारोबार हुनेछ।
कम्पनीले आईपीओ बुक–विल्डिङ विधिबाट प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा दरमा निष्काशन गरेको थियो। रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादन गर्ने नेपालकै ठूलो उद्योग हो। कम्पनीले उत्पादन गर्ने ७० प्रतिशत धागो विदेशमा निर्यात गर्दै आएको छ।






























