National life

कानुनी विवाद टुंगिएपछि रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१६ मंसिर २०८२, मङ्गलबार
626Shares
कानुनी विवाद टुंगिएपछि रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।

उच्च अदालत पाटनले जारी गरेको परमादेश कार्यान्वयन गर्दै बोर्डले मंगलबार इश्यू मेनेजर ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाउँदै आईपीओ निष्कासनका सबै प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

बोर्डले पठाएको पत्रमा भनिएको छ, “उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम, निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानून बमोजिम आवश्यक निष्काशा दिनु भनी जारी गरिएको परमादेशअनुसार सार्वजनिक निष्काशन प्रक्रिया अघि बढाउनहुन जानकारी गराइन्छ।”

रिलायन्स स्पिनिङ मिल्सले करीब एक वर्षअघि नै सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँको दरमा आईपीओ जारी गर्ने तयारी सम्पन्न गरेको थियो।

Royal Enfield
nic asia capital
त्यसपछि संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा सेयर खरिदसमेत गरिसकेका थिए।

तर कानुनी विवाद उत्पन्न भएपछि सर्वसाधारणका लागि आईपीओ जारी प्रक्रिया त्यतिबेलै रोकिएको थियो। अदालतको परमादेशसँगै अब कम्पनीको आईपीओ प्रक्रिया पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?