काठमाडौं । आज साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढेको छ । उक्त दिन बजार ९.४४ अंकले बढेर २०८५ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा बढोत्तरी हुदा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ ।
आज कम्पनीको ३३ करोड ७६ लाख २ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
https://aarthikvoice.com/archives/24999
आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ९१ लाख ५३ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ११ वटा उपसूचकमा हरियाली छाएको छ ।
त्यस्तै उक्त दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ, नेपाल दुरसंचार कम्पनीको ७ करोड ३५ लाख ९३ हजार रुपैयाँ कारोबार भएको हो।
विस्तृत हेर्नुहोस्






























