काठमाडौं । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ। यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिने छ ।
कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ।
परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको छ। त्यसैगरी, इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ ।
इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड प्रयोग गरेर मोबाइल एपमा लगइन गर्न सकिने व्यवस्था गरेको कोषले जानकारी दिएको छ ।


































