National life

अनलाईन मार्फत गाँजा मिसाएर केकको व्यापार गर्ने मानन्धर प्रकाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
478Shares
अनलाईन मार्फत गाँजा मिसाएर केकको व्यापार गर्ने मानन्धर प्रकाउ
ncell

काठमाडौं । आफ्नै घरमा विगत १ बर्ष देखि लागु औषध गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने एक युवालाई प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धर रहेका छन् । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

मानन्धरले इन्स्ट्राग्राममार्फत समेत एक अकाउन्ट बनाउँदै लागु औषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?