National life

अर्थमन्त्री पुनले गठन गरे बजेट लेखन समिति,बजेट लेखन भोलिबाटै सुरु गरिन्छ: समिति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
561Shares
अर्थमन्त्री पुनले गठन गरे बजेट लेखन समिति,बजेट लेखन भोलिबाटै सुरु गरिन्छ: समिति
ncell

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट लेखनको लागि अर्थ मन्त्रालय तयारीमा जुटेको छ । खकिस्दो अर्थतन्त्रलाई लयमा ल्याउन अर्थ मन्त्रालयलाई चाप परेको अवस्थामा अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट लेखन समिति गठन गरेका छन्।

बजेट लेखन समितिमा राजस्व महाशाखा प्रमुख शर्मा सहित अन्य सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।

बजेट लेखन समितिमा रहेका सहसचिवहरूमध्ये पार्वती शर्माबाहेक अन्य अर्थ मन्त्रालयभित्रका सदस्य हुन् ।

Royal Enfield
nic asia capital
शर्मा भने आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक हुन् ।शर्माले अघिल्लो वर्ष समेत बजेट लेखन कार्यमा सहभागी थिए ।

शनिवार नै बैठक बसेर बजेट लेखनको काम सुरु गर्ने संयोजक शर्माले जानकारी दिए। विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर बजेट लेखनको कामलाई गति दिइने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?