National life

वैकल्पिक विकास वित्त कोषको सीईओ बन्न आवेदन खुल्यो, यस्तो छ आवश्यक योग्यता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
330Shares
वैकल्पिक विकास वित्त कोषको सीईओ बन्न आवेदन खुल्यो, यस्तो छ आवश्यक योग्यता
ncell

काठमाडौं । अर्थ मन्त्रालयले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ।

वैकल्पिक विकास वित्त कोष सञ्चालन ऐन, २०८३ तथा सीईओ छनोटसम्बन्धी कार्यविधिअनुसार मन्त्रालयले आवेदन माग गरेको हो।

सीईओका लागि नेपाली नागरिक वा नेपालमा स्थायी आवासीय अनुमति प्राप्त विदेशी नागरिक हुनुपर्नेछ। उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।

Royal Enfield
nic asia capital

त्यस्तै, वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

उम्मेदवारसँग पूर्वाधार विकास, आयोजना निर्माण, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र तथा संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्नेछ।

इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा दरखास्त पेस गर्नुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
330SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?